सप्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने बताएका छन् । उनले पूर्वराजा र राजसंस्थाका कारण आफ्नो मन कुँडिएको बताए ।
पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार राजविराज आएका अध्यक्ष थापाले पत्रकारसँग कुराकानी गर्दै लामो समयसम्म राजा र राजसंस्थाप्रति आस्था र विश्वास राखेर काम गरेपनि अहिले मन कुँडिएको बताए ।
‘पछिल्लो समयमा राजा, राजसंस्था र राजाको सचिवालयको व्यबहारबाट मेरो मन कुँडिएको छ, भाँचिएको छ’ उनले भने, ‘तथापि त्यो संस्थाप्रतिको मेरो आस्था र विश्वास कायम छ । त्यो संस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएर रहन चाहन्छु ।’अध्यक्ष थापाले अब राजसंस्था आफ्नो पार्टीको एजेन्डा समेत नरहेको बताए ।
प्रमुख राजनीतिक दलका नेताहरुमा चुनाव लड्न, सत्तामा पुग्न, सत्तामा पुगेपछि टिक्नका निम्ति बाहिरिया शक्तिहरुको आशिर्वाद र सहयोग हासिल गर्ने आत्मसमर्पणवादी मानसिकता हाबी भएको उनले बताए । ‘यो कारणले पनि देशमा बाहिरिय शक्तिको चलखेल बढेको छ’ थापाले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !