पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।

मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)प्रति यस्तो दाबी गरेका हुन् ।अध्यक्ष ओलीले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनु ।’ उनले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने दाबीसमेत गरेका छन् ।
यसका साथै उनले माओवादी आन्दोलन पनि असफल हुने बताए । अध्यक्ष ओलीले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ र उनको परिवारबाहेक अरु कसैलाई फाइदा नपुग्न बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !