काठमाडौँ । रक्त चन्दन अवैध व्यापारमा संलग्न गरेको आरोपमा एक जना समातिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका,६ सर्बेश्वर टोलबाट रक्त चन्दनसहित उनलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका ११ फुलबारीडाडा घर भएका ४० वर्षीय रोगन तामाङ्ग हुन् । उनले रक्त चन्दनको व्यापार गर्ने गरेको प्रहरीले बताएको छ । बौद्धबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनको डेरा कोठाबाट रक्त चन्दनको १३ किलो धुलो र टुक्रा बरामद गरेको हो ।
पक्राउ परेका तामाङ्गलाई थप कारवाहीको लागि श्री डिभिजनल वन कार्यालय हात्तीसार पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !