Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भन्सारको सेटिङमा खुलेआम तस्करी,जाँचपास भएका गाडी प्रहरी नियन्त्रणमा

भन्सारको सेटिङमा खुलेआम तस्करी,जाँचपास भएका गाडी प्रहरी नियन्त्रणमा

इटहरी । भन्सारको सेटिङमा खुलेआम तस्करी भइरहेको सशस्त्रले आरोप लगाएको बेला भन्सार जाँच भएर आएका मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भारत हुँदै नेपाल भित्रिएको चिनीयाँ स्याउ बोकेको पाँच भारतीय कन्टेनरसहित आठ वटा गाडी मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो।

भन्सार कार्यालयमा सामानको जाँचपासका क्रममा मूल्याङ्कन कम गरिएको हुनसक्ने आशङ्कामा प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ। मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार सामानमा शङ्का लागेकाले वास्तविकता के छ भनेर अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो।

चीनबाट भारतको कोलकाता हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटका पाँच वटा कन्टेनरसहित तीन वटा नेपाली ट्रकलाई गोदाममा नलगी सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गरिरहेका बेला साँझपख नियन्त्रणमा लिएको थियो। भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

प्रहरीले कागजात माग्दा चालकले आवश्यक कागजातसहित भन्सारका अन्य कागजपत्र उपलब्ध गराउन नसक्दा अनुसन्धानका लागि नियन्त्रणमा लिएर राजस्व कार्यालयमा बुझाएको प्रहरीको भनाइ छ।भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पुर्‍याएर मात्रै अन्य गाडीमा हाल्नुपर्ने नियम रहेको प्रहरीले जानकारी दिएको छ भने भारतीय कन्टेनरमा लोड गरिएको सामानको विराटनगर भन्सार कार्यालयले जाँचपास गराएको थियो।

प्रहरीले सामान लोड गरिएका साधन नियन्त्रणमा लिनेबित्तिकै भन्सारले आपत्ति जनाउने गरेको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार जाँचपासमा कुनै कमजोरी नरहेको दाबी गर्दै आएका छन्। यसअघि भन्सारबाटै जाँचपास भएर निस्किएको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको थियो।

गत असार ३२ मा पूर्वपश्चिम राजमार्गको सशस्त्र प्रहरीको चेकपोस्टले ५ लाख २१ हजार भारुसहित पाँच जना भारतीयलाई नियन्त्रणमा लियो । सशस्त्रले नगद र सवारीसहित पक्राउ गरेकालाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो ।

त्यसअघि लालीगुँरास नामको एक व्यापारिक फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्न खोजेको आशंकामा सशस्त्रले त्यही चेकपोस्टबाट डब्लूबी ३७ वी ७३८३, एनएल ०१ जी ९९५२ र डब्लूबी १९ जे ७९२० नम्बरका ट्रकहरू नियन्त्रणमा लिएको थियो ।यी दुई घटनापछि तस्करी नियन्त्रण गर्ने जिम्मेबारी पाएका मेची भन्सार र सशस्त्र प्रहरीबीच आन्तरिक टकराव बढेर गएको हो ।

भन्सार तिरेर पश्चिमतिर हिँडेका ना४ख २०८५ र प्र–१०१–००१–ख ३५७७ नम्बरका दुई मालवाहक ट्रक मंगलबार राति करिब साढे ८ बजे बिर्तामोड–५ स्थित पाथीभरा टोल नजिकै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भने भन्सार–सशस्त्रबीचको द्वन्द्व छताछुल्ल भएको हो । प्रज्ञापन पत्रसहितका ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय पकलीका डीआईजी कमल गिरीले काठमाडौंको व्यापारिक फर्मको नाममा प्रज्ञापन गरेको गाडी बिर्तामोडमा अनलोड हुन थालेको सूचना पाएपछि पक्राउ गरिएको बताए । उनले भने, ‘काठमाडौँ जान्छु भनेर प्रज्ञापन गरेको ट्रक बिर्तामोड, शनिश्चरे रोडको गोदाममा किन अनलोड भयो ?’ भन्सारले सेटिङमा खुलेआम तस्करी गराइरहेको सशस्त्रको आरोप छ भने भन्सारले तस्करी गर्न नपाएको झोंकमा सशस्त्रले अनावश्यक रूपमा सामान पक्राउ गरेको आरोप लगाएको छ ।

अदालतको आदेशमा जोरसिमलको सशस्त्रको चेकपोस्ट हटेको छ । उच्च अदालत विराटनगरको साउन २६ को दोस्रो अन्तरिम आदेशपछि पूर्ण रूपमा हटेको छ । बाबुराम भट्टराईको सरकारले २०६६ मा राजपत्रमै उल्लेख गरेर राजमार्गका स्थायी ढाटहरू हटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को २०६९ असोज ११ को निर्णयले सशस्त्रलाई भन्सार र औद्योगिक सुरक्षाका लागि खटाउने भनेको थियो । तर, करिब तीन वर्षदेखि राजस्व गस्तीको बदलामा सरकारले बोर्डर आउट पोस्ट (बीओपी) को अवधारणा ल्याएपछि सशस्त्र प्रहरीलाई अन्तरदेशीय सिमानाको सुरक्षामा केन्द्रित हुन भनेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh