काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराले कान्तिपुर पब्लिेकशनका अध्यक्ष कैलाश सिरोहियासहित केही पत्रकार तथा आफूमाथि आरोप लगाउने ‘ठालु वकिलहरु’को सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो सम्पत्ति छानबिनको विषयमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा कान्तिपुर र त्यसका प्रमुख सिरोहियाको नामै किटेर सम्पत्ति छानबिनको माग गरेका हुन् । उनले शम्भु थापा, हरिहर दाहाल लगायत वकिलतर्फ संकेत गर्दै ती ठालु वकिलको समेत सम्पत्ति छानविन गर्न चुनौती दिए ।
राणाले भने– मेरो परिवारका सबै सदस्यको सत्तपछि छानबिन होस् । तर मलाई आरोप लगाउने ठालु वकिल, पत्रकार तिनीहरु अदालतमा कस्ता मुद्दा लिएर बिचौलीया बनेर आउँछन् सबैलाई थाहा छ ।
मेरो सम्पत्ति छानबिन होस् तर मलाई निराधार आरोप लगाउने ठालु वकिल, पत्रकार अनि हरेक किसिमतको निराधार समाचारहरु बनाउने कान्तिपुरको छानविन होस् । होइन भने अदालत उनीहरुलाई जिम्मा लाइदिए हुन्छ । कैलास सिरोहियालाई प्रधान न्यायाधीश बनाइदिउँ,अरु पत्रकारलाई न्यायाधीश बनाइदिऔं र ठालु वकिललाई जिम्मा दिउँ ।
राणाले आफूलाई राजीनामा गराएर कम्फरटेबल अदालत बनाउने प्रयास असफल भएपछि केही मिडिया र वकिलहरु मिलेर आफूविरुद्ध निराधार आरोप लगाएको दावी गरे ।

















