काठमाडौैै। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । ९६ वर्षिया बेलायती महारानी एलिजावेथ द्धितीयकोे बिहीबार निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले दुःख व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !