काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेमाथि एक नाबालिकाले बलात्कार आरोप लगाएको घटना सेलाउन नपाउँदै धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठमाथि उनकै महिला सहकर्मीले चार ठाउँमा यौनदुब्र्यवहार गरेको उजुरी दिएकी छन् ।
केन्द्रमा कार्यरत श्रेष्ठकै सहकर्मी महिला चिकित्सकले आफमाथि पटक-पटक दुव्र्यवहार गरेको ब्यहोराको उजुरी नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपाल चिकित्सक संघमा दिएकी छन् ।
ती महिला चिकित्सकले २४ साउनमा शल्यक्रिया कक्षमा दुव्र्यवहार गरेको, ३० साउनमा कार्यकारी निर्देशकको अफिसमा दुव्र्यवहार तथा ह्यारेसमेन्ट गरेको र ५ भदौंमा धम्की दिएको उजुरी श्रेष्ठ विरुद्ध दिएकी छन् ।
महानगरीय प्रहरी वृत्त भक्तपुरका प्रमुख एसपी प्रजित केसीले डा. श्रेष्ठविरुद्ध उजुरी पुष्टि गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !