भक्तपुर । इजी वे ट्रायल सेन्टरका संचालक जोन भनिने निर्भयबाबु प्रसाई पक्राउ परेका । सवारी अनुमतिपत्रमा सेटिङ गर्दैआएका काठमाडौंको थापागाउँको अपार्टमेन्टमा बस्ने प्रसाईलाई प्रहरीले चेकबाउन्सको मुद्दामा ५ पक्राउ गरेको हो । प्रसाईलाई चेक बाउन्समा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी प्रजित केसीले बताए ।
प्रसाईकै हजुरबाबा नाता पर्नेले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी उनले दिएका छन् । ४० लाखको चेक बाउन्सको उजुरीपछि उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गरेका जोनलाई अनुसन्धानका लागि म्यादथप गर्न मंगलबार दिउँसो अदालतमा उपस्थित गराएको थियो ।
प्रसाईमाथि विदेशमा बस्ने नेपालीसँग दुईलाख रुपैयाँ घुस लिएर लाइसेन्स बनाउने गरेको आरोप छ । भक्तपुरको सिर्जनानगर राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टर भक्तपुरको जगाती यातायात कार्यालयको एकमात्र ट्रायल गर्ने ड्राइभिङ सेन्टर हो । विगत ५ बर्षदेखि नै भक्तपुरमा लाइसेन्स लिनेको चाप बढ्दा पनि ट्रायल लिने ठाउँ अरु थप नगरी एउटैमात्र राखिएको छ ।
एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतकै संरक्षण प्रसाईलाई भएकाले अरु ट्रायल सेन्टर थप गर्न नदिइएको समाचार यसअघि पनि सार्वजनिक भएका थिए । प्रसाईले महेश बस्नेतकै आडमा विदेशमा बस्नेहरुलाई लिखित र मौखिक परीक्षामा उपस्थित नै नभए पनि सेटिङमा लाइसेन्स निकाल्ने गरेको आरोप छ । विदेशमा बस्नेहरुसँग प्रतिलाइसेन्स २ लाख रुपैयाँ घुस लिने गरेको आरोप प्रसाईमाथि लाग्दैआएको छ ।
प्रसाईको सेटिङमा महेश बस्नेतले जगाती यातायातका कार्यालय प्रमुख सरुवा गराउने गरेका थिए । बस्नेतको चाहना अनुसार मात्र जगाती यातायातका हाकिम परिवर्तन हुन्थे ।इजी वे ड्राइभिङ सेन्टरबाट धेरै पटक नक्कली परीक्षार्थी पक्राउ पर्दा पनि यातायात कार्यालय जगातीले त्यो ट्रायल सेन्टरबाट मात्र परीक्षा गराउँदैआएको छ ।
प्रसाईले ट्रायलमा फेल हुनेहरूलाई यातायातका हाकिमसँग सेटिङ गरी गाडीको २५ हजार र मोटरसाइकलको १० हजार घुस लिएर लाइसेन्स निकालिदिने काम समेत गर्ने गरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !