काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध १७ बर्षीय नाबालिका किशोरीले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको छ ।
अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनैपनि बेला पक्राउ गर्न सक्छ ।
लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !