काठमाण्डौँ । गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको माग गरका छन् । बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया सामाजिक संजालमार्फत दिएका हुन् ।
उनलेले नेपाल सरकारलाई सम्बोधन गर्दै भनेका छन्ः सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस् ।’
गायक परियारले भनेका छन्, होइन भने सबै क्षेत्रका व्यक्ति बलात्कारी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !