काठमाडौं । लाइनमा बस्न भनेको भन्दै सुरक्षा गार्ड पक्राउ परेको विषयमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विवादमा तानिएपछि उनले ती सुरक्षा गार्डलाई छोडिदिन गृह मन्त्रालयसँग आग्रह गरेका छन् ।
यही भदौ १७ मा काठमाडौंस्थित छायाँ सेन्टरमा रहेको भिसा सेन्टरमा मन्त्री श्रेष्ठलाई सुरक्षा गार्ड शेरजंग गुरुङले लाइनमा बस्न भनेपछि उनलाई पक्राउ गरिएको थियो ।
यो विषयमा पर्यटनमन्त्री श्रेष्ठको चर्को आलोचना भइरहेका बेला उनले गुरुङलाई छोडिदिन गृह मन्त्रालयलाई आग्रह गरेका हुन् । मन्त्री श्रेष्ठका स्वकीय सचिव भीमसेना राजवहाकले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठले गृह मन्त्रालयलाई आग्रह गरेको जानकारी दिएका छन् ।
आजै गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई छाड्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !