Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्कर विरुद्ध कठोर बन्दै डीआईजी मसाऊद आलम खाँ , ५० करोड भन्दा बढीको समान बरामद


तस्कर विरुद्ध कठोर बन्दै डीआईजी मसाऊद आलम खाँ , ५० करोड भन्दा बढीको समान बरामद

जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँले तस्कर विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छ्न ।

धमाधम पक्राउ पर्दै तस्करीको समानहरु । मिति २०७९।०५।१६ गते मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सन्युक्त प्रहरी टोलीले जिल्ला धनुषा कमला नगरपालिका वडा नं. ३ सिथतमा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ वस्ने वर्ष ४९ को धर्मविर पासवानले चलाई ल्याएको ज.१ ज. १७८ नं. को बलेरो पिकप गाडीलाई रोकी चेक जाँच गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएका ४९ लाख २६ हजार ८ सय २० रुपैया बराबरको विभिन्न किसिमको खाद्यान लगायतका सर-समानहरू बरामद भएको छ ।

त्यसैक्रममा धनुषाको जनकपुरधाम उप महानगरपालिका – २ स्थितबाट विभिन्न ब्राण्डको २ लाख ७७ हजार ९ सय बराबरको जुत्ता चप्पल र ज.१२ प. १८८९ नं. को मोटरसाइकल मा लोड गरि ल्याएको १ लाख २० हजार ७ सय मुल्य बाराबरको किराना सरसमानहरू गरी जम्मा रू. ५३ लाख २५ हजार ४ सय २० रुपैयाँ बराबरका समानहरू बरामद गरि आवश्यक कार्वाहीको लागि आज मिति २०७९।०५।१७ गते भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिल विजक भन्दा बढी चक्लेट बोकेको विशेष सूचनाको अधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त टोलीले मिति २०७९।०५।१५ गते १९:३० बजे को समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित सडकखण्डमा PB13BA0247 नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा प्रज्ञापनपत्रमा उल्लेख गरेको भन्दा बढी परिमाणका चक्लेटहरू साथै फरक किसिमका चक्लेटहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई पचास लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी सुमन कुमार तिमिल्सिनाले जानकारी दिए ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र  जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सन्युक्त प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १ स्थितमा ज.१ च. ११५१ नं. को पिकप गाडीको चालक गस्तीमा खटि गएको प्रहरी टोलीलाई देखि गाडी छाडी फरार भएकोमा सो स्थानमा प्रहरी टोली गई पिकप गाडीलाई चेक जाँच गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएका अं. मुल्य रु. ७३ लाख ४२ हजार ७ सय मुल्री बराबरको विभिन्न किसिमको लत्ताकपडा लगायतका सर-समानहरु बरामद भएको छ ।

त्यसैक्रममा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १३ स्थितबाट ज.३ प. ७८५० नं. को मो.सा. मा लोड गरी ल्याएका विभिन्न किसिमको किराना सामानहरू अं. मुल्य रू. १ लाख ११ हजार ६ सय ६० मूल्य बराबरको तस्करीको समान बरामद भएको छ ।

त्यसैगरि : जनकपुर- १८ स्थितबाट BR32AF 3789 नं. को मो.सा. मा लोड गरि ल्याएका अं. मुल्य रू. ३ लाख ७१ हजार ५ सय मूल्य बराबरको मोबाईलका डिस्प्ले लगायतका सरसमानहरू बरामद भएको छ । बरामद सबै समानहरु आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।

त्यसैगरि : चामलको विल साथमा लिई राजश्व छली चोरी पैठारी गरी ल्याएका सुर्ति, चेरी पान मसाला र चैनी पान मसाला बोकेको विशेष सूचनाको अधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त प्रहरी टोलीले मिति २०७९।०४।३० गते अं.२२:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-२१ परवानीपुर चोक स्थित सडकखण्डमा ना.८ ख. ३४२६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा  लोड रहेका चामलको विल मात्र साथमा रहेको र सुर्ति १६ बोरा, चैनी पान मसाला १४ बोरा तथा चेरी पान मसाला १० बोरा बिना प्रज्ञापन पत्रको देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ३८ लाख ६० हजार १ सय मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०४।३१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्सा र मधेस प्रदेस प्रहरी कार्यालय जनकपुरधामको सन्युक्त प्रहरीको टोलीले अं.२३:४० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ लोहारपट्टी सडकखण्डमा ना.६ ख २३४४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइ अड्सठ्ठी लाख एक तिस हजार चार सय उनाईस लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको थियो ।

त्यसैगरि ; मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साको सन्युक्त प्रहरी टोलिले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर सडकखण्डमा ना.२ ख ९७३६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई ४२ लाख सतत्तर हजार तीन सय अठाह्र मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०३।१४ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको थियो।

त्यसैगरी ; बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्वयर पार्टस, औषधी लगायतका मालवस्तुहरू बोकेको बिशेष सूचनाको अधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त टोलीले मिति २०७९।०२।२४ गते अं.२१:१५ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१० घण्टाघर सडकखण्डमा बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएकोले उक्त ट्रकहरू नियन्त्रणमा लिई रू. १,००,००,०००।- (एक करोड) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०२।२५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिए ।

साथै, बिल विजक भन्दा बढी बिभिन्न किसिमका औषधी, लत्ताकपडा लगायतका खुद्रा मालवस्तुहरू बोकेको बिशेष सूचनाको अधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त प्रहरी टोलीले मिति २०७९।०२।२५ गते अं.२४:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ माईस्थान सडकखण्डमा ना ४ ख ४३०१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएकोले उक्त ट्रक नियन्त्रणमा लिई रू. १,००,००,०००।- (एक करोड) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०२।२५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।

साथै ; प्रज्ञापन पत्र विनाको मेडिकल सामाग्री तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौ लादै गरेको बिशेष सूचनाको आधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त प्रहरी टोलीले मिति २०७८।११।२८ गते अं.२०:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक सडकखण्डमा प्रदेश १२००१ ख ९२५२ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा बिशेष सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका मेडिकल सामाग्री तथा खुद्रा मालवस्तुहरू फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू.१,६०,००,०००।– (एक करोड साठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।११।२९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरि ; मधेस प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सन्युक्त प्रहरी टोलीले जिल्ला धनुषा कमला न.पा. वडा नं. ४ स्थित सार्वजनिक बाटोमा भारतबाट भन्सार छली ल्याउदै गरेको ना.२ च. १३८२ नं. को सेतो रंगको पिकअप गाडी र सो गाडीमा रहेको चप्पल र कपडाहरु अ. मु.रु. ३४,९८,१०० बराबरको मानिस सहित सरसामानहरु बरामद गरि भन्सार कार्यालय जनकपुर बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

त्यसैगरी ; मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सन्युक्त प्रहरी टोलिले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ४ स्थित विश्वकर्मा चोकमा चेक प्वाईन्ट थापी सवारी साधनहरू चेक जाँच गर्ने क्रममा स.१ च. १७५९ नम्बरको पिक गाडी माथि शंका लागि चेक जाँच गर्दा भारतबाट भन्सार छली अबैध रुपमा ल्याइएका ५० kg को १५ बोरा चिनी फेला परेकोमा चिनी , पिक गाडी गरि अं. मुल्य रू. २५,४५,०००।- बराबरको समान र उक्त पिकका चालक जिल्ला उदयपुर कटारी न.पा. वडा नं. ३ वस्ने पुष्प बहादुर बस्नेत समेतलाई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय जनकपुर धनुषामा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ । भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ प्रहरीबाट बिरलै आउँछ ।

करिब ६ महिनाअघि सम्म सिराहा, सप्तरी , बारा,पर्सा, रौतहट , सर्लाही , महोत्तरी र धनुषा तस्कर गर्ने ठाउँ उर्वर नाका थिए । कंचनपुर , विराटनगर , बिरगंजमा भण्डारण गरिने चिनियाँ स्याउ ट्रक , पिकअप जिप, ट्याक्टर र मिनी ट्रकमा दिउँसै सीमाक्षेत्रका यी बजारमा भण्डारण गरिन्थ्यो । त्यहाँबाट सुरक्षित समयमा पारि पुर्याइन्थ्यो ।

धनुषाको सीमावर्तीका जेष्ठ नागरिक सुर्य नारायण यदाव भन्छन,‘प्रदेश प्रमुख फेरिएसँगै सीमावर्ती क्षेत्रमा तस्करको राजपनि समाप्त भएको छ ।’ वारिपारी तस्करी धन्दा अचानक बन्द भएपछि तस्कर गर्नेहरुबाट उनले थाहा पाएछ नयाँ आएको प्रहरी प्रमुखको करामत रहेछ । सीमानाकामा तायनाथ उही प्रहरी हो । तीन महिनाअघिसम्म तस्करसँगै खानपिन गथ्र्यो यादवले भने,‘अहिले उनैले तस्करको सामान समाउँछ ।’

यता पर्साको कपडा तस्करीको ताजपनि पछिल्लो समय खोसिएको स्थानीय रुपेश यादवले बताए । यो नाका पहिला कपडा नेपाल तस्करीका लागि सहज थियो उनले भने,‘पछिल्लो समय यो नाका ठप्प बनेको छ ।’

स्थानीय स्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर कपडा , मदिरालगायतका सामान तस्करी हुँदै आएकोमा पछिल्लो समय मधेस प्रदेशमा प्रहरी नेतृत्व फेरिएसँगै आचरण विपरित कार्य गर्ने प्रहरीउपर पनि कारबाही चलाइएको छ । जसका कारण प्रहरीहरु तस्करीका सामानमा बारगेनिङ गर्न हत्किएका छन् ।

‘अहिले मधेस प्रदेशको ८ वटै जिल्लाका बोर्डरहरुको दृश्य देख्दा पत्यार लाग्दैन, यहाँ सुशासनको राज फर्किएको छ,’ सिराहा माडरका अनिल यादवले भने, ‘साँझ परेदेखि बिहानसम्मै वारिपारि सामान ल्याउने पुर्याउने क्रम ठ्यापै रोकिएको छ ।’

प्रहरी नायब महानिरीक्षक खाँका अनुसार ४ महिनामा नेपाल प्रहरीले ५० करोड भन्दा बढीको सामान पक्राउ गरि भन्सारमा बुझाइसकेको छ ।

कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतका ८ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ, उनले भने । अशल काम गर्नेको मनोबल बढाउनेगरी पुरस्कृत गर्ने प्रक्रिया पनिअघि बढाएको उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh