काठमाडौं । मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले राजीनामा गरेका छन् ।

झा आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि चुनाव लड्ने तयारीमा जुटेका छन् ।
उनी उपेन्द्र यादवले नेतृत्व गरेको जसपाबाट चुनाव लड्ने भएका हुन् ।उनले आजै मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्।
झा आजै जसपामा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने भएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !