झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं। ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
पार्टीको क्षेत्रीय कार्यसमितिको आज भएको बैठकमा नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले बताए।
बैठकबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगु सिफारिस भएको उनले जानकारी दिए।
प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ प्रदेश (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन विमली, भगीरथ पोद्दार र भरत प्रसाइँको नाम सिफारिस भएको छ । प्रदेश (क) मा राजवंशीको एकल नाम सिफारिस भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !