काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी ) चन्द्रप्रकाश गौतमले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
‘हरितालिका तीजले समाजमा देखिएको विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य‚ समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेको छ ।
तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउदै्रंं यस पर्वले समाजलाई समेत भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको उनले सिमापोष्ट संग भनेका छन् ।
वहाले हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह पनि गरेका छन् । ‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गदैं यस पर्वलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नु पर्छ ।
तीजलाई विवाहपश्चात महिलाहरू आफ्नो मातापिताको घर छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई लिने गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !