काठमाडौं । दुई प्रहरी संगठनका प्रमुख सोमबार अमेरिका प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल सोमबार साँझ न्यूयोर्क प्रस्थान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गतेसम्म संचालन हुने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
महानिरीक्षकद्वयसँग प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षकको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !