रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त रकमको स्रोतको बैधता नदेखिएकोले बरामद गरेको बताएको छ ।

जिल्ला प्रहरी रुपन्देही प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले उक्त रकमको विषयमा अनुशन्धान भइरहेको बताए। उक्त रकम आइतबार राति बेलहिया बाइपासबाट बरामद भएको थियो ।
रुपन्देहीमा पछिल्लो समय यसरी रकम बरामद हुने क्रम बढेर गएको छ। केही समय पहिले प्रहरीले १२ लाख बरामद गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !