विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङले स्याउ सहितका ५ वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । हिजो साँझ विराटनगर महानगरपालिका १३ मा भन्सार प्रज्ञापन पत्र नभएका ५ वटा कन्टेनरलाई नियन्त्रणमा लिइएको हो ।
कन्टेनरमा ल्याएका स्याउहरू मलाया रोडमा अनलोड भईरहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको सन्युक्त प्रहरी टोलिले चेकजाँच गर्दा भन्सार कागजात देखाउन नसकेपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठ जानकारी दिए ।
तोकिएको स्थान भन्दा अन्यत्र शंकास्पद तरिकाले स्याउहरू नेपाली मिनी ट्रकमा लोड गरिएकोले को १ ख ६९३९, प्रदेश १-०२-००१ ख ८५५६ र ना. ५ ख ५६०० नम्बरका मिनी ट्रकलाई पनि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !