एजेन्सी । छिमेकी राष्ट्र भारतको पटनास्थित सरकारी इन्जिनियर सञ्जयकुमार राईको घरमा छापा हान्दा ३.६ करोड भन्दा बढी नगद बरामद गरिएको छ ।

गहना र कागजपत्र पनि बरामद गरिएको छ । इन्जिनियरको पोस्टिङ किशनगञ्जमा छ । अनुगमन विभागले छापा मार्दा उनीहरुको कालो धन र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति खुलासा भएको हो ।
अनुगमन विभागका डीएसपी अरुणकुमार पासवानको नेतृत्वमा उक्त छापा मारिएको हो । पटना र अन्य ठाउँमा पनि छापा मार्ने काम भइरहेको छ ।
जानकारी अनुसार पटनास्थित ग्रामीण निर्माण विभागका इन्जिनियर सञ्जयकुमार राईको ठाउँमा सतर्कता टोलीले छापा मारेको थियो ।

















