Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुरक्षा निकायको सबलीकरण र सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री बालकृष्ण खाण

सुरक्षा निकायको सबलीकरण र सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री बालकृष्ण खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्थाअनुरूप प्रदेश, संघ र स्थानीय तहको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी, २०७९ को उद्घाटन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताएका हुन्।

गृहमन्त्री खाणले पानसमा दीप प्रज्ज्वलन गरी समीक्षा गोष्ठीको उद्घाटन गर्दै बदलिँदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्क, सजग र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गरे। जनताको जिउधनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले उक्त दायित्व पूरा गर्न सुरक्षा निकायलाई अझै सबल तथ सुदृढ गर्नुका साथै स्रोतसाधन एवम् क्षमता अभिवृद्धि गर्न नेपाल सरकार सदैव तयार रहेको उल्लेख गरे।

अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अपराधीलाई कानूनी दायरामा ल्याउन देखिएका जटिलतालाई छिटो छरितो र निष्पक्ष रूपमा सम्बोधन गर्न समीक्षा गोष्ठीमा हुने छलफल महत्त्वपूर्ण रहने बताउँदै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाको कार्य गर्न तथा जनतामा नयाँ उत्साह भर्न र अपराधमा संलग्न व्यक्तिहरूलाई आपराधिक क्रियाकलापबाट पछि हट्ने अवस्था सिर्जना गर्नसमेत गोष्ठीले महत्त्वपूर्ण निचोड एवम् निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे।

साथै उनले कोभिड–१९ को महामारी नियन्त्रणका साथै प्राकृतिक विपद्को समयमा पीडितहरूको उद्दद्धारलगायतका गतिविधिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिई निभाएको भूमिकाको प्रशंसासमेत गरे।

कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवम् न्याय निरूपणका साथै पीडितलाई न्याय दिलाउने सन्दर्भमा यस गोष्ठीमा हुने छलफल, विश्लेषण महत्त्वपूर्ण हुने चर्चा गर्दै गोष्ठीको प्रतिवेदनलाई कार्यान्वयन गर्न महान्यायाधिवक्ताको कार्यालय तत्पर रहेको बताए। अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अपराध अनुसन्धनामा सरोकारवाला निकाय एवम् स्थानीय तहसँग सहकार्य तथा समन्वय गर्दै जानुपर्नेमा जोड दिए।

गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डेले अपराध नियन्त्रणमा देखिएका चुनौतीहरूलाई यस गोष्ठीबाट आउने निचोड तथा विश्लेषणहरूले आगामी दिनमा नीति निर्माण गर्न आवश्यक रायसुझाव प्राप्त हुने बताए। बदलिँदो अपराधको स्वरूपका घटनाहरूको विश्लेषण गोष्ठीमा हुने उल्लेख गर्दै उनले अपराध नियन्त्रणमा सबै सुरक्षा निकायसँग सहकार्य र समन्वय हुनुपर्ने तथा अनुसन्धान गर्ने निकायको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए। विमानस्थल सुरक्षालाई थप प्रभावकारी बनाउन कार्गो र विमानबाट निस्कने फोहोर मैलालाई स्क्यानरमार्फत चेकजाँच गर्न प्रहरीले समन्वयकारी भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे।

गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अपराध अनुसन्धान एवम् नियन्त्रणका लागि महानगरभित्र सीसीटीभी क्यामेरा जडानमा नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने बताउँदै यो काठमाडौंमा अनधिकृत रूपमा फालिने फोहोरमैलाको नियन्त्रणमा समेत प्रभावकारी हुने बताए। बढ्दो साइबर क्राइम तथा अन्य अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सम्बन्धित निकायहरूले इमानदारितापूर्वक भूमिका वहन गरेमा थप सहजता हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले वर्तमान अवस्थामा अपारध अनुसन्धानको सिलसिलामा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले भोग्नुपरेका समस्याहरू, अनुसन्धान अधिकृतको भूमिका एवम् अधिकारको प्रयोगसन्बन्धी वृहत् रूपमा यस गोष्ठीमा छलफल हुने र यस छलफलबाट आउने निष्कर्ष महत्त्वपूर्ण हुने बताउँदै प्राप्त निष्कर्षलाई प्रतिवेदनको रूपमा तालुक गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा पेस गरिने बताए।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले पीडितलाई न्याय दिलाउन तथा अपराध अनुसन्धान एवम् नियन्त्रणमा निष्पक्ष, निर्भय, निडर र निर्धक्क रूपमा प्रमाणमुखी अनुसन्धानमा संलग्न हुन अनुसन्धान अधिकृतलाई निर्देशन दिए। प्रविधिको प्रयोगमार्फत हुने आर्थिक एवम् साइबर अपराधहरू बढिरहेको र हाल यससम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतबाट मात्र सुनुवाइ हुँदै आएको बताउँदै प्रहरी महानिरीक्षक सिंहले कम्तीमा प्रादेशिक स्तरमा सुनुवाइको व्यवस्था हुनुपर्नेमा जोड दिए।

फौजदारी न्याय प्रणालीका तीन पिलर अनुसन्धान, अभियोजन र न्याय निरूपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पीडकले सजाय पाउने उनले उल्लेख गरे।

गोष्ठीमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला तथा बालबालिकविरुद्ध हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाका हरेक वडा महिला सेलको स्थापनाको लागि आवश्यक कार्यविधि तयार गरिएको उल्लेख गर्दै गोष्ठीबाट आउने निचोडहरूले अपराध नियन्त्रणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्र धानुकले धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका मातहतका कार्यालयलाई अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यबारे प्रकाश पारेका थिए।
कार्यक्रममा अधिकांश वक्ताले बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिए।

अपराध अनुसन्धानमा बढेका चुनौतीहरू समाधानका लागि नयाँनयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने इकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवम् अन्तर कार्यालय समन्वयको विकासलगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्त्क्रिया हुनेछ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh