काठमाडौँ । क्रोएसिया पठाउने भन्दै ठगी गर्ने युवक पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौँ बस्दै आएका २६ वर्षीय उत्सव दाहाललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाहालले धनञ्जय कुमार कार्कीलगायतलाई क्रोएसियाको कृषि फाममा मासिक एक लाख तलबमा काम लगाइदिने विश्वास दिलाइ ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई सिनामंगलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्दनगर पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !