काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवाटार पुगेका छन् ।
सत्ताबाट बाहिरिएपछि विरलै प्रधानमन्त्री निवास वालुवाटार विरलै पुग्ने गरेका ओली बुधबार भने बिहानै देउवा भेट्न वालुवाटार पुगेका हुन् ।
कानुन निर्माणका साथै दिर्घकालीन महत्वका निर्णयहरु प्रतिपक्षी दलसँग सल्लाह नगरी सरकारले एकलौटी निर्णय गरिरहेको एमालेको आरोप छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग सोही विषयमा कुराकानी गर्ने बताइएको छ । अध्यक्ष ओलीसहित एमालेका अन्य नेताहरु वालुवाटार पुगेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !