Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउ। रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उन्को धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन् ।

“बिहान छदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभावकाबीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो”, उनले भने ।

खेत रोप्ने बेलामा युरिया मलको समस्याले कालोबजारीमा खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनी बताउछन् । कालोबजारीको मल सहकारीमार्फत उपलब्ध हुने मलको तुलनामा कृषकले दोब्बर बढी मूल्य तिरेर खरिद गर्नुपरेको छ । महँगो शुल्क तिरेर कालोबजारीकै मल पाउन त्यति सहज नभएको उनको भनाइ छ ।

उनी भन्छन्, “हामी कृषक मारमा परिरहेका छौँ, एकातिर समयमा मल नपाइनु, अर्कोतिर कालोबजारीमा चर्को मूल्यमा मल खरिद गर्नुपर्ने अवस्था कृषकलाई छ, मल नपाइने समस्या बर्सेनि खेप्नु परिरहेको छ ।”

रामपुरकै बुद्धिमान बोटेले करिब १० घण्टा लाइन बसेर मुस्किलले सहकारीमार्फत १० किलो मल पाए । सो मल उनको धानबालीलाई पर्याप्त छैन । धान रोप्ने समयमा आवश्यकताअनुसार राख्न नपाएकाले मेहनत र लगानीअनुसार उत्पादन लिन नसकिनेमा उनि चिन्तित छन् ।

“वर्ष दिन खाने खेती दुःख गरेर लगाइयो, राम्रोसँग मल दिन सकियो भनेमात्र उत्पादन राम्रो हुने हो, धान लगाउने बेला समस्या भए पनि गोडमेल गर्ने समयमा मल सहज हुन्छ भन्ने आशामा बसियो, अझै समस्या उस्तै छ”, उनले भने ।

केही कृषकले मल अभावका बाबजुद धान लगाए । गोडमेल गर्ने समयमा मल भित्रन्छ भन्ने आशाले धान लगाएका कृषक अहिले मल नपाउँदा उत्पादन लिन नसक्ने चिन्ताले पिरोलिएका छन् । खेतमा लगाएका धानबाली सप्रन सकेका छैनन् ।

सरकारले हरेक वर्ष कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ हेर्दै आएको बताउँदै आएको छ । कृषक भने मुख्यबाली धानका लागि रासायनिक मल अभावबाट मुक्त हुन सकिरहेका छैनन् । मागअनुसारको मल आपूर्ति नहुँदा खेतीपातीका लागि खेतबारीमा व्यस्त हुनुपर्ने समयमा पाल्पाका किसान डिपो र वितरण केन्द्र दैनिक धाउन बाध्य छन् ।

कृषि सामग्री कम्पनीबाट कोटामा उपलब्ध भएको मल पाउन घण्टौँ लाइनमा बस्न बाध्य छन् । कम्पनीमार्फत सीमितमात्रामा आउने मल लिन कृषक दैनिकजसो आउने गरेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मी बताउछन् । माथिल्लो निकायबाटै मल नभित्रिँदा कृषकलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।

पाल्पाका लागि आएको मल कृषि सामग्री कम्पनी जिल्ला शाखाले कृषियोग्य भूमिको क्षेत्रफलका आधारमा स्थानीय तहलाई कोटाअनुसार वितरण गरिरहेको छ । स्थानीय तहले सहकारीमार्फत मल वितरण गरिरहेको छ । तर मागअनुसारको मल वितरण नहुँदा सहकारीलाई वितरण गर्न हम्मेहम्मे परेको छ ।

समानुपातिकरुपमा मल वितरण गर्न भिडभाड भएपछि केही दिनअघि सूर्योदय कृषि सहकारी संस्थाले प्रहरीको सहयोगमा प्रतिव्यक्ति १०÷१० किलोको दरले युरिया मल वितरण गरेको कार्यवाहक अध्यक्ष मित्रलाल गौतम बताउछन् ।

रामपुरमा विगतमा दुई हजार मेट्रिकटन रासायनिक मल जिल्लामा खपत हुने गरे पनि यस वर्ष हालसम्म दुई सय ५० मेट्रिकटन मात्र मल उपलब्ध भएको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पा शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार रामपुर, माडी, अर्गली, हेक्लाङ, पूर्वखोला, दोभान, झडेवालगायत जिल्लाको विभिन्न स्थानमा गरी आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष धान लगाइएको छ । जिल्लामा छ महिनादेखि मलको अभाव सिर्जना भएको छ । धानबाली मात्र नभई मकै, तरकारी, फलफूलबालीमा समेत उचित समयमा युरिया मल दिन नसक्दा मेहनत र लगानीअनुसारको यस वर्ष उत्पादन स्याहार्न नपाइने कृषक बताउँछन् ।

उत्पादन बढाउने उद्देश्यले खेतबारीमा पछिल्लो समय रासायनिक मलको मात्रा बढ्दो छ । रासायनिक मलको मात्राले खेतीयोग्य जमिनमा नराम्रो असर पारिरहेको छ । पहिलेजसो खेतबारीमा घरायसी मल प्रयोग गरेर खेती उत्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh