काठमाडौं । नेपाली कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरिर अन्येष्टिको लागि पशुपति आर्यघाट लगिएको छ ।
गिरीको ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा हिजो (शनिबार) राति निधन भएको हो ।
उनी घाँटीको क्यान्सरबाट पीडित थिए । र, पछिल्लो समय उनलाई निमोनिया भएको थियो ।
गिरिको पार्थिव शरीरलाई आज विहान मेडिसिटी अस्पतालको शिवालयमा राखिएको थियो ।
त्यसपछि पार्टी कार्यालय सानेपमा राखिएको थियो ।
अहिले कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरबाट अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !