Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दुई नम्बरीलाई सजिलो हुने त्यो फैसला

दुई नम्बरीलाई सजिलो हुने त्यो फैसला

काँकडभिट्टा । सशस्त्र प्रहरी बलको पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीननगर–७ जोरसिमलस्थित चेक पोस्ट गैरकानुनी भएको भन्दै हटाउन उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेशको कार्यान्वन भएको छ । उच्च अदालतले साउन १९ मा पहिलो पटक अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

बिहीबार उच्च अदालतअन्तर्गत इलाम इजलासले आदेशलाई निरन्तरता दिइएको जनाउँदै चेक पोस्ट हटाउन भनेको थियो । न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र साहको संयुक्त इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी चेक प्वाइन्ट स्थापना गर्न नदिनु र पूर्वपश्चिम राजमार्गको जोरसिमलको चेक पोस्ट हटाउनु भनी विपक्षीका नाममा आदेश गरेको थियो ।

सशस्त्र प्रहरी बलको पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीननगर–७ जोरसिमलस्थित चेक पोस्ट गैरकानुनी भएको भन्दै हटाउन उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेशको कार्यान्वन भएको छ । उच्च अदालतले साउन १९ मा पहिलो पटक अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । बिहीबार उच्च अदालतअन्तर्गत इलाम इजलासले आदेशलाई निरन्तरता दिइएको जनाउँदै चेक पोस्ट हटाउन भनेको थियो ।

न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र साहको संयुक्त इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी चेक प्वाइन्ट स्थापना गर्न नदिनु र पूर्वपश्चिम राजमार्गको जोरसिमलको चेक पोस्ट हटाउनु भनी विपक्षीका नाममा आदेश गरेको थियो ।

सशस्त्रको चेक पोस्टका कारण आम मान्छेले सास्ती व्यहोरेको भन्दै सन्दिप खनालले साउन १८ मा हटाउन माग गर्दै रिट दायर गरेका थिए । भोलिपल्टै उच्च अदालतले चेक पोस्टका नाममा आम सर्वसाधारणलाई सास्ती दिने कार्य नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश गरेको थियो । ‘बिहीबारको इजलासले हटाउन नै आदेश गरेको छ,’ निवेदकका अधिवक्ता पोखरेलले भने, ‘राजमार्गमा कुनै पनि स्थायी चेक पोस्ट राखेर जाँच गर्न मिल्दैन, त्यही कारण गैरकानुनी रूपमा सञ्चालित पोस्ट हटाउनू भनेको हो ।’

गत जेठ २२ गते राति १२ बजे मेची भन्सारभित्रै पार्किङ शुल्कसमेत तिरेर भन्सारकै गेटबाट जाँचपास भई निस्किएका रक्त चन्दनको बिरुवा र आलु बोकेका तीनवटा भारतीय मालवाहक ट्रक सशस्त्रले जोरसिमलमा चेक पोस्टमा नियन्त्रणमा लियो। लालिगुँरास फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्ने खोजेको आशङ्कामा सशस्त्रले डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० ट्रकहरू नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरी बुझायो। राजश्वले सामानको प्रज्ञापन पत्र नक्कली भएको पुष्टि भयो ।

गत असार ३२ गते होटेल मेची क्राउनमा (एचएमसी) मा प्रतिबन्धित भारतीय रुपैयाँ बोकेर आएका पाँच जना भारतीय नागरिकलाई सशस्त्रले जोरसिमलमा रोकियो। एचएमसीले नै रिजर्भ गरेको टोयटा कम्पनीको डब्लुबी ७४ बीएच १६४३ नम्बरको इनोभा कारमा आएका उनीहरूमाथि शङ्का लागेर सशस्त्रले चेकजाँच गर्दा कारमा लुकाइछिपाई राखेको भारतीय ५ लाख २१ हजार रुपैयाँ बरामद गर्यो।

दुई हजार र पाँच सय दरका प्रतिबन्धित नोटसहित असम तिनसुकिया बस्ने आनन्द कुमार सदेका, सोही स्थानका प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र खोरीवारि बस्ने सवारी चालक अभिजीत सिंहलाई नियन्त्रणमा लिएर सशस्त्रले राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइदियो।
उनीहरूलाई नियन्त्रण लिए लगतै एचएमसीका सञ्चालक बले भन्ने बलाराम सापकोटा जोरसिमल चेकपोस्ट पुगेर सशस्त्रमाथि उल्टै जाइ लागेका थिए। सापकोटाले पावर लगाएर सबै सशस्त्रको सरुवा गरिदिने धम्कीपूर्ण भाषा प्रयोगसमेत गरे ।

जोरसिमल चेकपोस्टमा खटिएका सशस्त्र प्रहरी कर्मचारीले पछिल्लो समयमा तस्करी तथा अवैध धन्दा रोकथाम उल्लेखनीय काम गर्दै आइरहेको अवस्थामा उच्च अदालत विराटनगर, इलाम इजलासले तत्काल जोरसिमल चेकपोस्टमा चेकजाँच नगर्न भनी आदेश जारी गरेको छ।

निवेदक मेचीनगरका सन्दीप खनालले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र मेची भन्सार कार्यालयलाई विपक्षी बनाएर राजमार्गको जोरसिमलमा सशस्त्रले चेकपोस्ट खडा गरी आम जनता, उपभोक्ता यात्रुहरूलाई हैरानी एवम् असहजता बनाउने, कानुन विपरीत कुनै व्यक्तिलाई चेकजाँचको नाममा दुःख हैरानी दिन नपाइने भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh