काठमाडौं । उपसभामुख पुष्पा भुषाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो ।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !