काठमाडौं । स्वास्थ्य उपचार गराइरहेका नेपाली कांग्रेसका नेता प्रदिप गिरिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको उनको सचिवालयले जानकारी दिएको छ।
शनिबार बिहान गिरिलाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन्।
उनले गिरिको पछिल्लो अवस्थाको जानकारी दिँदै स्वास्थ्य लाभको कामना गरेका छन्।नेता गिरीका सहयोगी मन्दिप भारतीका अनुसार गिरिलाई चार दिनअघि नै आईसीयूमा राखिएको थियो। शुक्रबारबाट अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ।
गिरिको घाँटीमा क्यान्सर भएको छ। साथै निमोनिया पनि देखिएको छ। उनलाई साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !