काठमाडौं। भन्सार छलेर कपडा चोरी पैठारी गर्ने ७ जना विरुद्ध राजस्व अनुसन्धान कार्यलय पथलैयले मुद्दा दायार गरेको हो।कार्यलयले सात जनाविरुद्ध उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा दायार गरेको हो।
कपडा तस्करी गर्नेहरुमा नवलपरासीका धर्मराज हरिजन, रुपन्देहीका श्याम बहादुर यादव, मकवानपुरका रमेश गोपाली, ईस्तीहाक अहमद, नवलपरासीका ज्ञानबहादुर श्रेष्ठ र बिनुमाया श्रेष्ठ र रुपन्देहीका अनिल श्रेष्ठ छन्।
यी व्यक्तिहरुले चितवनमा लु १ ख ९५४५ नम्बरको सिमेन्ट लोड रहेको ट्रकमा लुकाई २३ पोका कपडाहरु भन्सार महशुल तथा मूल्य अभिवृद्धि कर छली गर्ने प्रयास गरेका थिए। यसरी बरामद भएको कपडा ८७ लाख रुपैयाँ मूल्य बराबरको रहेको थियो। यी व्यक्तिहरुसँग १ करोड १० लाख बिगो माग गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !