काठमाडौं । दुबईबाट काठमाडौं आएका दुईजना युवाले कपडामा लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद गरेको छ । दुबईबाट काठमाडौं आएका दुईजनाले कपडा भित्र लेपन गरेर ल्याएको ९७२ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

विमानस्थल प्रहरीले सुन ल्याउने र एयरपोर्टमा सुन रिसिभ गर्न गएका दुई जनासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय सोम बहादुर बिक, मोरङ घर भएका २८ वर्षका रिवाज गजमेर, सुन रिसिभ गर्न गएका सिन्धुपाल्चोक भोटेकोशीका धन बहादुर विक र सिन्धुली घर भएका सागर न्यौपाने छन् ।
सोमबहादुर र रिवाजले पाइन्ट र भित्री कपडा डबल सिलाएर त्यसभित्र सुनको पेष्ट बनाएर लेपन गरेर ल्याएका हुन् । यसअघि पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसरी नै सुन ल्याउने समूहलाई पक्राउ गरेको थियो ।
साउन २९ र ३० मा पक्राउ गरेर उनिहरुलाई विमानस्थल भन्सार कार्यालयमा बुझाएको डिआईजी ज्ञवालीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !