Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बिर्तामोडमा नियन्त्रणमा लिएको ट्रक मेची भन्सारबाट निस्किएको खुलासा,अनुसन्धानका लागि विभाग पठाइयो

बिर्तामोडमा नियन्त्रणमा लिएको ट्रक मेची भन्सारबाट निस्किएको खुलासा,अनुसन्धानका लागि विभाग पठाइयो

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको दुई वटा फुलबडी ट्रक सशस्त्र प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको संयुक्त टोलीले लत्ताकपडासहित अन्य सरसामान लोड भएको ट्रक नियन्त्रणमा लिएको हो।

राजश्व अनुसन्धान विभागको आदेशपछि सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीलाई निर्देशन दिएपछि झापाको टोलीले मंगलवार राति साढे ८ बजे बिर्तामोड(५ स्थित पाथीभरा टोल नजिकै सटर भएको खाली गोदाममा सरसामान अनलोड गरिरहेको अवस्थामा ना४ख २०८५ र प्र(१०१(००१(ख ३५७७ नम्बरको फुलबडी दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।

हेड क्वाटरको आदेशमा दुई वटा ट्रक नियन्त्रणमा लिएको बताउँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीका डीआइजी कमल गिरीले भने, ‘सामानसहित भन्सार तिरेको प्रज्ञापन पत्र चालकसँग भेटियो, माथिबाटै निर्देशन आएकाले नियन्त्रणमा लिएको दुई वटै ट्रक राजश्व अनुसन्धान विभाग पठाइसकेका छौं।’

‘सशस्त्रले नियन्त्रणमा मात्र लियो, ट्रकसहितको सरसामानको थप अनुसन्धान राजश्व अनुसन्धान विभागले गर्छ, अहिले अरू केही भन्न मिल्दैन,’ उनले भने। ट्रक र ट्रकमा भएको सामान कसको हो भन्नेबारे उनले खुलाउन चाहेन।

यता कर्मचारी स्रोतका अनुसार मेची भन्सार कार्यालयमा कर्मचारीको सेटिङमा व्यापक राजश्व चुहावट भई ट्रकका ट्रक सरसामान गइरहेको सूचना राजश्व अनुसन्धान विभागमा प्राप्त भयो। विभागले तत्काल यसतर्फ एक्सन लियो। विभागले ७ देखि १० वटा ट्रकले राजश्व छलेको सूचना पायो।

सोमबार मेची भन्सार कार्यालयबाट निस्किएको ५ वटा ट्रकमध्ये तीन वटा ट्रक सशस्त्र प्रहरीले मधेस प्रदेशबाट नियन्त्रणमा लिएको छ।

दुई वटा ट्रकको खोजी जारी छ। मङ्गलवार बेलुका साढे ७ बजे मेची भन्सारबाट निस्किएको दुई वटा ट्रक पनि त्यही सूचनाको आधारमा सशस्त्रले नियन्त्रणमा लिएको स्रोतको भनाइ छ। हेट क्वाटरबाट आदेश आएसँगै दिउँसो देखि नै मेची भन्सार आसपास सादा पोसाकमा सशस्त्र परिचालन गरिएको थियो।

ट्रक निस्किएपछि बाटोमा कतै रोक्ने आधार सशस्त्रलाई भएन। अदालतको आदेशपछि जोर सिमल चेकपोस्ट नहुँदा सशस्त्रलाई थप समस्या नै भयो। त्यसपछि सशस्त्रले ट्रकमाथि निगरानी राखेर बिर्तामोडमा सरसामान झार्दै गरेको अवस्थामा नियन्त्रणमा लियो।

स्रोतले भन्यो, ‘चालकसँग प्रज्ञापन पत्र भेटियो, दुई वटा ट्रकको एउटै प्रज्ञापन पत्र, एउटै एजेन्टले बनाएको रहेछ।’ ‘ट्रकको सामान अनुसार प्रज्ञापन पत्र हेर्दा २० प्रतिशत पनि राजश्व तिरेको देखिँदैन, यसमा ठुलो राजश्व चुहावट भएको आशंका गरिएको छ,’ उनले थपे ।

मेची भन्सारका कर्मचारी र एजेन्टको सेटिङमा हुने राजश्व चुहावटको घटना यो मात्र नभई यसभन्दा अघि पनि यस्ता घटना घटिसकेको छ। सशस्त्र मेची भन्सारबाटै निस्किएको तीन वटा पिक अप गाडी नक्कली प्रज्ञापन पत्रसहित नियन्त्रणमा लिएको थियो। गत जेठ २२ गते राति १२ बजे मेची भन्सारभित्रै पार्किङ शुल्कसमेत तिरेर भन्सारकै गेटबाट जाँच पास भई निस्किएका रक्त चन्दनको बिरुवा र आलु बोकेका तीन वटा भारतीय मालवाहक ट्रक सशस्त्रले जोरसिमलमा चेक पोस्टमा नियन्त्रणमा लिएको थियो।

लालिगुँरास फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्ने खोजेको आशङ्कामा सशस्त्रले डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० ट्रकहरू नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरी बुझायो। राजश्वले सामानको प्रज्ञापन पत्र नक्कली भएको पुष्टि गरेपछि घटना सतहमा आएको हो। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh