इनरुवा । विगत ५ वर्षदेखि कार्यालय सहयोगीको भरमा संचालनमा रहेको इनरुवा नगरपालिका अन्र्तगत रहेको पशु सेवा केन्द्रमा पशु प्राविधिक कर्मचारीलाई कामकाजका लागि पठाएको छ ।

दुईसाता अगाडि वर्णमाला दैनिकले इनरुवा नगरपालिकाअन्र्तगत रहेको पशु सेवा केन्द्र कार्यालय सहयोगीको भरमा संचालनमा रहेको समाचार प्रकाशित गरेपछि केहीदिनदेदि नियमित रुपमा पशु प्राविधिक कर्मचारी कामकाजमा खटिएका हुन ।
२०७६ सालदेखि नगरपालिका कार्यालयको एउटा गोदाम कोठामा राखिएको टेवल कुर्सीमा बस्दै कामविहिन भएका पशु स्वास्थ्य प्राविधिक प्रास अभिनारायण चौधरीलाई पशुसेवा केन्द्रमा खटाएको हो ।
नगरपालिकामा रहेका थीनजना पशु प्राविधिक कर्मचारीमध्ये दुईजना प्रशासन फाँट संचालनका लागि वडा कार्यालयमा सचिवको जिम्मेवारीमा कार्यरत रहन्दै आएका छन ।
इनरुवा नगरपालिका नगर कार्यपालिका कार्यालय अन्र्तगत ७ जना कर्मचारीको स्थायी दरवन्दीसहित पशु सेवा केन्द्र रहेको नगरमा विगत ५ वर्षदेखि एकजना कार्यालय सहयोगी अस्पतालमा बसेर पशुपालक किसानलाई उपचार सेवा दिदै आएका थिए ।
इनरुवा ९ नम्बर वडामा रहेको पशु सेवा केन्द्र ५ वर्षदेदि इनरुवा नगरपालिकाका कार्यालय सहयोगी प्रभुनारायण मेहता कार्यालय प्रमुखदेखि पशु चिकित्सक र कार्यालय सहयोगीको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । इनरुवा नगरपालिकामा समायोजन भएको पशुसेवा अस्पतालमा एकजना चिकित्सक, एकजना पशु विकास अधिकृत, दुई जना प्राविधिक सहायक(प्रास), दुईजना नायव प्राविधिक सहायक(नाप्रास) र एक जना कार्यालय सहयोगीको दरवन्दी रहेको छ ।
नगरपालिकामा सरुवा भई पशु स्वास्थ्य प्राविधिक तथा चिकित्सकलाई पशु उपचारमा जिम्मेवारी दिएर नखटाउँदा नेपाल सरकार कृषि मन्त्रालयमार्फत प्राप्त बार्षिक नीति कार्यक्रम योजना र बजेट कागजमा मात्रै खर्च हुँदै आएको छ ।
कृषि मन्त्रालयबाट सशर्त अनुदानतर्फ आउने बजेटको योजनाहरु पशुपालक किसानलाई लाभ हुने गरि खर्च गर्ने इनरुवा नगरपालिकाको पशु विकास शाखा एउटा खाली टेवल र गोदाम कोठामा सिमित हुँदै आएको थियो ।

