विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित
रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

प्रदेश नं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर
छोटो समयमा सम्पन्न गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन
दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी
लिएपश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुनेगरी
रथयात्राको व्यवस्थापन गर्न आग्रह गर्नुभयो । विराटनगरमा हरके वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट
भव्य रथयात्रा हुनेगर्दछ ।
उक्त रथयात्रामा लाखौंकोसंख्यामा भक्तजनहरू सहभागी हनु ेगर्छन् । यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर
व्यवस्थापन समितिले गरेको छ । आज मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा नेपाल प्रहरी,
सशस्त्र प्रहरीका प्रदेश नं. १ प्रमुखसहित मोरब जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

















