काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ खाडिचौर घर भई हाल काठमाडौंको टोखा बस्ने २७ वर्षीय अविनाश कार्की रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । उनले काठमाडौंको बसुन्धारा बस्ने खेमराज थापालाई वर्किङ भिसामा दुबई पठाइदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ लिउको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
