काठमाडौं। आरक्षण सिट लागु नगर्ने १९ वटा सार्वजनिक भाडाका बस कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सिट लागु नगरेका ती बसलाई कारबाही गरेको हो।

ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत उपत्यकाका विभिन्न स्थानहरुमा सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भए/ नभएको अनुगमन गर्दे आएको छ।
जसअन्तर्गत उपत्यकाबाहिर चल्ने चारवटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र एउटा माइक्रो बसलाई नियमबमोजिम कारवाही गरिएको छ। उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने ट्राफिक प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
त्यसैगरी ८६ वटा ट्याक्सी पनि कारबाहीमा परेका छन्। मिटरमा जान नमान्ने र पैसाको मोलतोल गर्ने ३० वटा र यात्रु लिन इन्कार गर्ने ५६ वटा ट्याक्सी ट्राफिक कारबाहीमा परेका हुन्।

