विराटनगर । तस्करी गरेर भारत लैजान लागिएको सुपारीले प्रहरीले झापाको दुई ठाउँबाट बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले अलगअलग स्थानबाट सोमबार सुपारी नियन्त्रणमा लिएको हो ।

काँकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिरनजिकबाट ८७ हजार पाँच सय रूपैयाँ बराबरको सुपारी बरामद गरेको छ ।
जिल्लाको टोलीले मेचीनगर–६ जेसिका ठ्याकनजिकबाट ९६ हजार रूपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनका अनुसार अवैध तरिकाले नेपालबाट भारततिर लैजान लागिएको सुपारी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

















