बेलबारी । बेलबारी २ लालभित्तिमा रहेको शिक्षा सन्देश ई.स्कुलको कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गर्दै कक्षा ११ को औपचारिक उदघाटन गरिएको छ ।

कक्षा ११ का होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडीज, कानुन विषयमा अध्ययन गर्ने २ सय भन्दा बढी विद्यार्थीहरुका निम्ति विद्यालयमा अध्ययनका लागि स्वागत गर्दैै औपचारिक उद्धघाटन गरिएको हो । कार्यक्रम विद्यालयका शैक्षिक गतिविधि तथा अध्यापन गराउने शिक्षकहरुको पहिचान विद्यार्थी माझ गराई यस विद्यालयमा अध्ययनका निम्ति जोडिएका सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक प्रगति, उपलब्धी लगायतका विभिन्न बहुपक्ष विषयवस्तुहरुमा अब्बल गराउने प्रतिबद्धताको साथ सम्पन्न गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विभिन्न विषय शिक्षकहरुले सम्बन्धित विषयको परिचय, महत्व, मूल्याङ्कन, क्षेत्र र शिक्षण विधिको विषयमा प्रष्टाइएको थियो । विद्यालयका अध्यक्ष देवीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश नंम्बर १ का उपनिर्देशक जिवन गडतौला रहेका थिए ।
कार्यक्रममा स्वागत विद्यालयका काउन्सिलर भुपाल बस्नेतले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयको सहायक प्रिन्सिपल विशाल राई तथा कार्यक्रमको औचित्य विद्यालयका प्रिन्सिपल राजेश खत्रीले प्रष्ट पारेका थिए ।
