काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् ।

पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज दुई नेतालाई जिम्मेवारी दिनुभएको हो ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री हुनुहुन्छ भने सचेतक पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो । रिक्त पदमा देउवाले नयाँ नियुक्ति गर्नुभएको हो ।
