झापा । झापामा अर्का एक बालकको पैनीले बगाउँदा मृत्यु भएको छ ।मेचीनगर नगरपालिका ५ राममन्दिरटोलका पूर्णबहादुर लिम्बुका २ वर्षीय छोरा इनसाहाङ लिम्बुको पैनीले बगाउँदा मृत्यु भएको हो।

घटना सोमबारको हो । बालकलाई खेल्ने क्रममा घर नजिकको पैनीले बगाएको हो । बग्दै गरेका इक्सानलाई घटनास्थलदेखि २ सय मिटर तलबाट स्थानीयले उद्दार गरेका थिए ।उपचारका लागि तत्कालै बिएण्डसी अस्पताल बिर्तामोड पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
असारको अन्तिम साता पनि बिरिङखोलाले बगाएर बिर्तामोडका एक बालकको मृत्यु भएको थियो।
