काठमाडौं ।करको दर हेरफेर गरिएको भनिएको विषयमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्दै छ ।

संसदीय विशेष समिति गठन भएको आज पाँचौँ दिन पनि ११ बजे बैठक बस्न लागेको हो ।समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने बताइएको छ ।
