अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरि आफै प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी २७ वर्षिय श्रीमती सरु भट्टराई भुसालको हत्या गरेका हुन् ।
उनले घाँस काट्न गएको बेला शुक्रबार जंगलमै हत्या गरेको र प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।
प्रहरीमा उपस्थित भएर उनले घाँस काट्न जगंल गएको बेला श्रीमतीको घाँटीमा रुमालले कसेर हत्या गरेको बताएका थिए ।त्यसपछि उनी इलाका प्रहरी चौकी खनदहमा प्रहरी चौकीमा पुगेको थिए ।प्रहरीका अनुसार हत्यापछि उनले श्रीमतीको शवलाई स्याउलाले छोपेका थिए । उनीहरुको विवादको कारण भने खुल्न सकेको छैन । घटना सम्बन्धि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

















