दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) / लहान । एक छाक पेट काटेर भएपनि इन्स्युरेन्सलाई पैसा बुझाउँछन् । तर, दुर्घटना भएपछि आफैले जम्मा गरेको पैसा इन्स्योरेन्सले भुक्तानी गर्न बाह्र समस्या गर्छन् । भएको खर्चमा आधाआधी दिने गर्छन् । आज यस्तै घटना सार्वजनिक भएको छ । यो एउटा घटना उदाहरण मात्रै हो ।

यहाँ अधिकाँश इन्स्योरेन्सले यस्तै आधाआधी रकम दिने गरेको छ । यसमा पनि सेवाग्राहीलाई थप समस्या दिएर इन्स्योरेन्सले बीमित रकम भुक्तानी गर्ने गरेको छ । यसैको मारमा सिरहाको धनगढीमाई १२ महुआडाँडाका अर्जुन महतो यो पिडा भोग्न बाध्य छन् । आफ्ना सारा सम्पती लगाएर महेन्द्र बेलोरो पिकअप गाडि खरिद गरे ।
धनगढीमाईबाट काठमाण्डौंका लागि हिडेका सो बेलोरो पिकअप बर्दिवासको भिमान नजिक २०७८ जेठ २२ गते दुर्घटना भयो । प्रभु इन्स्योरेन्स लि. लहानमा १४ लाख २२ हजार ५ सय ३१ को बीलभर्पाईसहित क्षति उपलब्ध गराइदिन माग गरे । घटना भएको एक बर्ष वितिसकेको छ । तर, इन्स्योरेन्सले रकम भुक्तानी गरेका छैन ।
इन्स्योरेन्सले ७ लाख ७५ हजार भुक्तानी गर्ने तयारी गरेपछि अर्जुन महतो छाँगाबाट खसेका छन् । उनले भने ‘गाडि बनाउँन लागेको खर्च मात्रै माग गरेको छु ।’‘ मेरो एक बर्षदेखि रोजीरोटी खोसिएको छ ।’ ‘यसमा पनि इन्स्योरेन्सले आधाआधी रकम भुक्तानी गर्ने भन्छन् ।’‘अरु पैसा कहाँबाट ल्याउँनु ?’‘गाडि बनेर तयार छ , पैसा विना गाडि शोरुममै थन्किएको छ ।’‘म विलिवाट भए ।’ प्रभु इन्स्योरेन्स लि.लहानका प्रमुख सोभित महतोले ‘माथीबाट यस्तै निर्णय भएको छ ।
म के गर्नु ? मुद्दा हाले पनि हुन्छ ।’ आँप लिएर काठमाण्डौं हिडेका पिकअप भिमान नजिक पहाडबाट खसेर दुर्घटना भएको हो । एक बर्ष अगाडि दुर्घटना भएको गाडिको रकम नपाउँदा अर्जुन महतो थप समस्या छन् ।

