लहान । विश्व योग दिवसको अवसरमा रेडियो सौगातकर्मी भारती गुप्ताले २ सयबढी सुर्य नमस्कार गरेर यसक्षेत्रमा रेकर्ड कायम गरेकी छन् । योसँगै अन्सु गुप्ताले १ सयबढी चोटी सुर्य नमस्कार गरेकी छन् । भारती गुप्ताले २३ मिनेटमा २ सयबढी सूर्य नमस्कार गरेकी छन् ।

उनले आफ्नो रोगव्याधीको परास्त गर्न लामो समयदेखि योगाभ्यास गर्दै आएकी छीन् । नियमित योगाभ्यास गर्दैै आएकी भारती गुप्ताले ‘आफु चाहे भने ५ सय चोटी समेत सुर्य नमस्कार गर्ने अभ्यासमा छु ।’ योगाभ्यासको मुलभुत अभ्यास सुर्य नमस्कार हो ।
सिरहाको लहान ४ स्थित पतञ्जली योग भवनमा आज भएको योग दिवसको अवसरमा विशेष कार्यक्रम गरी मनाइएको छ ।स्वास्थ्यकर्मी विपि चौधरीका सभाध्यतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी लहान नगरपालिकाको उपमेयर रामचलित्तर महतोले जीवन सार्थक बनाउँन योगाभ्यास यो आधुनिक युगमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
कार्यक्रम संचालन संजय अग्रवालले गरेका थिए भने लहान २४ का वाडाध्यक्ष रासलाल रायले सबै नागरिकलाई योग गर्न आवश्यक रहेकोले स्वस्थ्य जीवनको लागि औषधीगुण योगाभ्यास रहेका बताएका छन् । त्यस्तै लहान २३ का वडाध्यक्ष बद्रीनारायण यादवले रोग लाग्नु भन्दा रोगको बाटो छेक्न योगाभ्यास कारगर रहेको बताएका छन् ।
