काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आज नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
निरीक्षणको क्रममा उनले कार्य विभाग र अपराध अनुसन्धान विभाग तथा मातहत निर्देशनालय, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गरेका हुन् ।निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्येक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा आईजीपी सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरीले आ–आफ्नो कार्यालयको काम एवं गतिविधिबारे जानकारी गराएका थिए ।
निरीक्षणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी लगायत वरिष्ठ प्रहरी अधिकृतको सहभागिता थियो ।

