सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजहरुले नौ दिनदेखि उडान भर्न नसक्दा पर्यटकहरु अलपत्र परेका छन् । निरन्तरको खराब मौसमका कारण जहाजले उक्त विमानस्थलमा उडान भर्न सकेका छैनन ।

अहिले लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । निरन्तर मौसम प्रतिकूल हुँदा गएको आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरु सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् ।
तेन्जिङ हिलारी विमानस्थलको सबै उडानहरु रद्द हुन थालेपछि केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ जान थालेका हुन् ।

