धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । शनिबार भएको संघको निर्वाचनमा कँुवरले उनका प्रतिद्धन्दी सुरेन्द्र राठीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । कुँवरले ६७८ मत र उनका प्रतिद्धन्दी राठीले ३५५ मत पाएका छन् । कुँवरको यो दोस्रो कार्यकाल हो ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उपाध्यक्ष (उद्योग)मा दिनेश लम्साल,उपाध्यक्ष (एशोसिएट)मा मनोज अग्रवाल, उपाध्यक्ष (वस्तुगत)मा लक्ष्मणराज पन्त,महासचिवमा ओमबहादुर विष्ट विजयी भएका छन् । त्यसैगरी कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।
पदाधिकारीमा विजयी सबै कुँवर प्यानलका उम्मेदवार हुन । सदस्यहरुमा पनि अधिकांस कुँवर प्यानलबाटै विजयी भएका छन् । शनिबार भएको संघको निर्वाचनमा १ हजार ९५ मत खसेको थियो ।

