पर्सा । नारायणी यातायात व्यस्था शाखावाट धमाधम पैसाको बलमा सवारी धनि बिना नामसारी भएको तथ्य फेला परेको छ।

नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजको भ्रष्टाचार गर्ने तरीका यस दैनिकलाई फेला परेको छ । आज भन्दा एक महिना अगाडी नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजबाट अर्काको पिकअप अर्काले पैसाको भरमा बेचेका प्रमाण यस दैनिकसगं सुरक्षित छ ।
एक जनाले आफनो निजी कामको लागि साथीको पिकअप मागिं आफनो घरमा ल्याई घरबाट यातायात कार्यालय बिरगंजमा लगि यातायात कार्यालय प्रमूख कुशेश्वर साह र निजको ईसारामा परिचालित उनका सहयोगी प्राबिधिक शाखाका प्रमोद यादव , संतोष यादव , दिनेश झा , सूर्य गिरीको मिलोमतोमा अर्काको पिकअप अर्काले बेचेको थियो । यस्ता यस्ता दिनहु लाखौको भ्रष्टाचार हुने गरेको यो प्रमाणले पुष्टी गरेको छ ।
नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजको प्राबिधिक शाखाबाट नै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेकोे छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजका प्राबिधिक शाखाका दुब यादव, झा , गिरी नै कार्यालय प्रमुख साहको इशारा कार्यालयलाई भ्रष्टाचारको आखडा बनाएको नाम नबताउने शर्तमा त्यही कार्यालयका एक कर्मचारीले बताएका छन । प्रमुख साहको इसरामा दैनिक दुबै यादव , झा र गिरीले आफै पैसा उठाऊँन लागेका हुन । उनिहरूलाई काम भन्दा बढी ध्यान पैसा उठाऊँनमा रहेको एक सेवाग्राहीले बताएका छन ।
नारायणी यातायात व्यवस्था कार्यालयबाट भ्रष्टाचार गरी करोड़ोंको सम्पति जोडन उनिहरु सफल भएको एक श्रोतले जनाएको छ । भ्रष्टाचारको आखडा बनाएको नारायणी यातायात व्यवस्था कार्यालयमा नत अखÞ्तियार पुग्छ नत कुनै सम्बन्धी निकाय पुग्छ । एक कर्मचारीका अनुसार प्रमुख साहले मंत्रालय देखी अखÞ्तियार सम्म बढ़ी रकम बुझाउने गर्छन । मन्त्रालयको आडमा नारायणी यातायात व्यवस्था कार्यालय बिरगंज भ्रष्टचार आखडा बनेको छ । निर्देशिका बमोजÞिम इनजिनियरलेसवारी चेकजाँच गर्ने मात्रै हो तर सवारी चेकजाँच नगरी सेवाग्राहीसंग बीमाको नाउमा पैसा खाने काम मात्र गरिएको छ ।
५०० रुपैया छ भने बिमा लाग्दैन यदि पाँच सय दिएन भने बिमा लाग्ने गरेको सेवाग्राहीले बताउँछन । यति मात्र होईन सकल यकिनको नाउमा पैसा लिने , गाड़ी पुरानो भए नम्बर चिनिएन भने डाढी रकम लिने , डर त्रास देखाई यस्ता बिभिन्न बहानामा सेवाग्राहीहरुसंग पैसा लिने गरेको जो कोहीले पनी सहजै देखन सक्छ । यस्ता थुप्रै घटनाहरु यस भन्दा पहिला पनी सर्बजनिक भईसकेको हूदा ता पनी सम्बन्धी निकाय मौन बस्नु भने त्यो निकाय माथी पनी शंका उत्त्पन हुन थालेको छ । यामाहा , हीरो , होण्डा , सुजुकी , टिभीएस , जस्ता थुप्रै कम्पनीको गाड़ीहरु यातायात कार्यालय नलियाई पैसाको भरमा गाड़ी दर्ता भईरहेको छ ।
यस्ता कतिपै गाड़ीहरु यातायातमा नलियाई दर्ता गरिएको प्रमाण नै हामीसंग फेला परेको छ । त्यो कम्पनी गाड़ी दर्ता गर्नु वापत प्राबिधिक शाखाका यादवले प्रति गाड़ी रु १०० को दरले लिने गरेको एक जना कर्मचारीले बताए । साथै प्रति दिन यस्ता कम्पनीका ८०० देखी ९०० सम्म गाड़ी दर्ता हुने गरेको छ । सेवाग्राहीहरुले गाड़ी नामसारी गराउनु परेमा गाड़ी नै लिएर आऊनु परेको छ । तर त्यही कम्पनीको गाड़ी नामसारी गराउनु परेमा ल्याउनु पर्दैन पैसा भएको पुग्छ ।
यस्ता कतीपै नियम बिपरित पैसाको बलमा प्राबिधिक शाखामा काम हुने गरेको श्रोतले बताएको छ । यो शाखामा काम गर्ने कर्मचारीहरुको सम्पति विवरण छानबिन गरियो भने सीधै पता लगाऊँन सकिन्छ की ती कर्मचारीहरु कतीका इमन्दार रहेका छन । आफ्नो सेवाग्राहीलाई सक्दो सहुलियत दिनुको साटो प्रमुखकै इशारामा बिचौलियासम्म पुग्नुले करोडौ रूपैयाको चलखेल हुने गरेको बारे प्रष्ट हुन्छ । प्रमुख साह आफ्नो पदको दुरुपयोग गर्दै बिचौलियाकै माध्यमले दैनिक लाखौ आर्जन गर्न सफल भएको यस घटनाले प्रष्ट पारेको छ ।
आफ्नो पदको दुरूपयोग गर्दै काम कारवाही गर्ने साह माथी मन्त्रालयकै छत्रछाया हुने गरेको कारण यस्तो क्रियाकलाप बढेको बारे दुइमत छैन । कार्यलय प्रमुख साहले गरेका कुकर्मका फाइलहरु नियमनकारी निकायले छानबिन नगर्दा उनले दिनदूगुना रात चौगुना भ्रष्टाचारका तानाबाना बूँदै दूनो सोझयाई राखेका उनी निकटका आसेपासेहरुबताउछन । यस बिषयमा उहाँको प्रतिक्रिया लीन खौज्दा उहाँको फोन उठेन।

















