रौतहट । इलाका प्रशासन कार्यालय चन्द्रपुरले मुस्लिम समुदायका एक व्यक्तिको दलित प्रमाणित पत्र रद्द गरिदिएसँगै उम्मेदवारी खारेज भएको छ ।

गैरदलित रहेको भन्दै उजुरी परेको आधारमा स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका मो. अरिफ मिया दर्जीको दलित प्रमाणित पत्र रद्द गरिएको इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख गणेश नेपालीले बताएका हुन् ।
रौतहटको गुजरा नगरपालिकाको कार्यपालिकाको स्थानीय निर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका दर्जीलाई इलाका प्रशासन कार्यालय चन्द्रपुरले यसअघि दलित प्रमाणित गरेको थियो।
दर्जीले सोही प्रमाणित कागजको आधारमा गुजरा नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा दलित अल्पसंख्यकतर्फ उम्मेदवारी दिएका थिए ।
