काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् । उनले आज प्रचण्डसँग भेटवार्ता गरेका हुन् । काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् ।
भेटमा प्रचण्डले बालेनकाके जितलाई क्रान्तिकाे संज्ञा दिएका छन् । बालेनलाई प्रचण्डले भने ‘तपाईंको जित ठूलो क्रान्ति हो, पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ, तपाईंलाई हाम्रो सहयोग हुनेछ ।’
