Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपी तिमिल्सिनाको ठुलो सफलता : बाबु छोरा हत्या अभियोगमा आफ्नै बुहारी सहित तीनजना पक्राउ

एसपी तिमिल्सिनाको ठुलो सफलता : बाबु छोरा हत्या अभियोगमा आफ्नै बुहारी सहित तीनजना पक्राउ

लहान । अर्नामामा विवाहको ३ दिनअघि बुवा र छोराको हत्या भएको घटनामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकका साइँली बुहारी अर्नामा गाउँपालिका घर भई गोलबजार नगरपालिका–४ मा बस्दै आएकी २६ वर्षीया शान्तिदेवी पाल, गोलबजार–४ का ६५ वर्षीय बेचु पाल र अर्नामा–१ महनौरका ४८ वर्षीय जनिफ मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जेठ ८ गते अर्नामा गाउँपालिका–१ महनौर स्थित पाल टोलमा स्थानीय ६० वर्षीय लुचाई भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको बीभत्स रूपमा हत्या गरिएको अवस्थामा घरमै शव फेला परेको थियो ।

सन्तको विवाह जेठ ११ गतेका लागि तय भएकोमा गाउँकी स्थानीय महिलाहरु गीत गाएर गइसकेपछि छुट्टाछुट्टै कोठामा सुतेका बुवा छोराको टाउको, गर्दन, ढाडलगायतमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

यस घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा दाइजोको विवाद र पारिवारिक रिसइबीका कारण बुवा र छोराको हत्या भएको खुलेको छ ।

सन्तको विवाह जेठ ११ गतेका लागि मोरङ जिल्लाकी युवतीसँग तय भएको थियो । दाइजोमा उनलाई केटी पक्षले १ लाख नगद, एउटा मोटरसाइकल तथा ८ आना सुन दिने सहमति गरेका थिए । तर, सन्तसँग विवाह तय हुनुभन्दा पूर्व युवतीको विवाह गोलबजार बस्ने बेचु पालको छोरा प्रदीप पालसँग तय भएको थियो ।

केटी पक्षले उनलाई दाइजोमा विराटनगरमा घडेरी दिने, उक्त घडेरीमा घर बनाइदिने र केटालाई व्यापार व्यवसाय गर्नका लागि लगानी पनि गरिदिने सहमति भएको थियो । तर, पछि बेचुका छोरा प्रदीपले युवतीको पहिला पनि विवाह भएको जानकारी पाएपछि उनले विवाह नगर्ने बताएका थिए ।

प्रदीपका बुवा बेचुले केटी पक्षले बढी दाइजो दिइरहेकोले विवाह गर्न दबाब दिइरहेका थिए । यता, युवतीको विवाह कम दाइजोमै सन्तसँग तय भएपछि मृतकको परिवारसँग बेचुले रिसइबी साँधेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

यस्तै, मृतक चन्देश्वरको साइँलो छोरा वैदेशिक रोजगारमा थिए भने उनको श्रीमती शान्तिदेवी पाल गोलबजारमा कोठा लिएर बस्दै आएकी थिइन् । उनको सासू-ससुरासँग भने राम्रो सम्बन्ध थिएन । देवरको विवाहमा समेत उनलाई नआउनका लागि भनिएको थियो ।

उनका सासू-ससुराले तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन, तिमी बिहेमा आयौ भने छिमेकीहरू हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनु तिम्रो बच्चाहरुलाई मात्र पठाउनु भनेका थिए । शान्तिलाई चन्द्रदेवले अंश नदिएको, खर्च पनि नदिने र माइतीबाट ल्याएको चाँदीको गरगहनासमेत नदिएपछि शान्तिलाई आफ्नो परिवारसँग रिसइबी बढेको थियो ।

जेठको पहिलो साता गोलबजारमा शान्तिदेवी र उनको श्रीमान् वैदेशिक रोजगारमा गएपछि शान्तिलाई रेखदेखको जिम्मा दिएको जनिफ मियाँ कुरा गरिरहेको समय उनीहरुको चिन्जानकै रहेका बेचु त्यहाँ पुगेपछि हत्या गर्ने योजना बनाएका थिए ।

मियाँले शान्तिको सासू-ससुराले धेरै दुःख दिएकाले यिनीहरूलाई शान्तिको बाटोबाट हटाउनुपर्छ र यसका लागि शान्तिले ५० हजार दिने भनेपछि बेचुले समेत आफ्नो रिसइबीका कारण हत्या गर्ने योजनामा सहमति जनाएका थिए ।

तीनै जनाले हत्या गर्नका लागि मियाँले बन्चरो ल्याउने र बेचुले खुकुरी लिएर जाने योजना बनाएका थिए । शनिबार साँझ बेचु गोलबजारबाट पैदल हिँडेर मियाँसँग भेट हुने स्थानमा पुगेका थिए तर मियाँ नआएपछि घटनास्थलको पूर्वपट्टीको राजदेवी मन्दिरमा गएर केही समय आराम गरेर मृतकको घरमा गीत बज्न बन्द भएपछि बाहिर गोठमा सुतेको चन्द्रेश्वरलाई पहिले र त्यसपछि सन्तलाई हत्या गरी कोठामा बाहिरबाट चुकुल लगाई मन्दिर तर्फ फर्केका थिए ।

बेचु मन्दिरमा गएर हातमुख राम्रो सँग धोएर र बालुवाले घोटेर खुकुरी पखालेर पुनः पैदश घरमै फर्केको प्रहरी अनुसन्धानबाट खुलेको हो । यस घटनामा अनुसन्धान गर्दै जाँदा तीनैजनालाई पक्राउ गरिएको हो ।

यस घटनाको अनुसन्धान गर्नका लागि संघीय प्रहरी इकाई जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसन्धान टोली र लालगढको तालिम प्राप्त कुकुर सहितको टोलीले अनुसन्धान गरेपछि तीनैजनालाई पक्राउ गरिएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh