काठमाडौं। बडवाइजर बियरको बिक्री नेपाली बजारमा उल्लेख्य रुपमा बढेको देखिएको छ। यो अमेरिकन बियर नेपाल भित्र्याएको राज ब्रुअरीले यो वर्ष (२०२२) को आठ महिनामै कुल आम्दानीको ५० प्रतिशत बडवाइजर बियरबाटै कमाएको छ।

यो बियर बिक्रीबाट कम्पनीले २०२१ मा कुल आम्दानीको १२ प्रतिशत मात्र आर्जन गरेको थियो। २०२२ को आठ महिनामा भने कम्पनीले ५५ करोड २० लाख रुपैयाँको कारोबार गर्ने देखिएको छ। कम्पनीले २०२१ मार्चबाट बडवाइजर बियर आफ्नो पोर्टफोलियोमा थपेको थियो।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिनजअन्तर्गतको राज ब्रुअरी प्रालिले २०२१ मा ६७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले दुईवटा विदेशी बियर ब्राण्ड बडवाइजर र वार्सटाइनरका साथै तीनवटा स्वदेशी बियर ब्राण्डहरु नमस्ते, माउन्टेन आइस र हात्ती एट उत्पादन गर्दै आएको छ।
२०२० मा कम्पनीको कारोबार २८ करोड ६० लाख रुपैयाँ, २०१९ मा ४६ करोड रुपैयाँ र २०१८ मा २६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले युरोप, भारत र नेपाली सप्लायरबाट बियर उत्पादनलाई आवश्यक कच्चा पदार्थ आयात गर्दै आएको छ। कम्पनीका देशभर एक सयभन्दा बढी डिलर आउटलेट छन्।
कम्पनीमा शतप्रतिशत सेयरस्वामित्व राजबहादुर शाहको छ। कम्पनीले एक अर्ब ६० करोड ८० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।एक अर्ब १७ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी रेटिङ पाएको छ। ४३ करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि इक्रा नेपालबाट एनपी ए फोर रेटिङ पाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !